Latest Updates :

चर्को गर्मीको कारण अष्ट्रेलियाको एक प्रमुख नदीमा हज्जारौं माछा मृत फेला

SHARE THIS POST :
पश्चिमी न्यू साउथ वेल्स स्टेटको मेनिन्देस्थित डार्लिङ रिभरबाट सोमबार सातसय किलो मृत माछा हटाइएको त्यहाँका स्थानीय पुलिसले जानकारी दिएका छन् ।यो त्यही एरिया हो जहाँ जनवरीको सुरुवातमा र क्रिसमसको ठिक अघि हज्जारौं माछाको मृत्यु भएको थियो ।

वैज्ञानिकले नदीमा पानी कम हुँदा र पानीमा अक्सिजनको मात्रा निकै कम भएकाले माछाको मृत्यु भइरहेको आशंका जताएका छन् ।न्यू साउथ वेल्सस्थित अष्ट्रेलियन प्राइमरी इन्डष्ट्रिका विभागीय निरीक्षकले इलाकाको भ्रमण गर्दा लाखौंको संख्यामा माछाहरु नदीमा तैरिरहेको देखे । डार्लिङ नदीको भ्रमण गरेका अन्य अधिकारीले लाखौं माछाहरु मरिसकेका र जीवित माछाहरुको पनि स्थिती ठिक नभएकाले अन्तिम सास फेरिरहेको जानकारी दिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger