डाक्टरले सुरुमा बालिकाको जाँच गरे त्यसपछि मातापितासँग कुरा गरे । कुराकानीका क्रममा यस्तो कुरा खुल्यो कि डाक्टरले पुलिस बोलाएर मातापितालाई नै जेल पठाएका हुन् ।
बालिकाको अवस्था देखेपछि डाक्टरले उनले दैनिक दिइने खानेकुराको बारेमा सोधेका थिए । पहिले त उनीहरुले भने कि उनीहरुकी छोरी खाना खान निकै नखरा गर्छिन् ।
पछि डाक्६रले सोधे के उनीहरु खासमा छोरीलाई के खुलाउँछन् । उनीहरुको जवाफ सुनेपछि डाक्टरको होस उड्यो । खासमा उनीहरु भिगन डाइट फलो गरिरहेका थिए ।
यस्ता व्यक्तिहरु जनावरको दूध वा मासुबाट बनेका कुनै पनि कुराहरु प्रयोग गर्दैनन् । यही कारण उनीहरुले छोरीलाई पनि आफूहरुजस्तै खाना खुवाइरहेका थिए ।
दूधजन्य पदार्थ पूरै बन्द भएपछि बालिकाको शारीरिक विकास पूरै रोकियो । डाक्टरले जाँचमा थाहा पाए कि उनको हड्डीहरु भिटामिन र खनिजको कमीका कारण यति कमजोर भएका थिए कि तिनीहरु फ्रेक्चर हुन थालिसकेका थिए ।
डाक्टरले जब मातापिताकै कारण बालिकाको यो हाल भएको थाहा पाए त्यसपछि उनीहरुलाई सनकी भन्दै पुलिस बोलाएर पुलिसको जिम्मा लगाइदिए ।
अनुसन्धानमा उनीहरुलाई छोरीको ज्यान खतरामा पारेको दोषी पाइएको छ । उनीहरु हिरासतमा छन् र उनीहरुको सुनुवाइ १६ जनवरीमा हुँदैछ । अदालतले उनीहरुलाई ६ महिना जेल पठाउने सम्भावना बलियो छ । बालिकालाई डाक्टरको निगरानीमा राखिएको छ ।
Post a Comment