निर्माता केशव भट्टराईको यो फिल्ममा अभिनेता सलिनमान बनियाँ लगायत सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल , विशाल कटुवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल , नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ ।
फिल्ममा बालकलाकारको अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइएको निर्माता भट्टराईले जानकारी दिए । फिल्मलाई केशव भट्टराईले सुशिल पोखरेलसँग मिलेर बनाएका हुन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ धेरै काम गरेका थिए ।
Post a Comment