Latest Updates :
LATEST UPDATES

हङकङमा नेपाली बालिकाको दर्दनाक मृत्यु

मृत्यु जीवनको धुव्रसत्य हो । तर कुनैकुनै मृत्यु यस्तो बनिदिन्छ जुन सहजै हृदयले स्विकार्दैन । जुलाई ७ तारिकका दिन तीन बर्षिय बालीका ईक्सामा लिम्बुको ईहलिला समाप्त भयो । जीवनरुपी फुल फक्रन नपाउँदै साधैका लागि चुडियो ।
साँझको समय बेलुकी ७ बजेतिर बाबा कृष्ण सेनेहाङ र सानो भाईसँग खेल्नका लागि निस्किएकी थिईन ईक्सामा । बाबाको हात समातेर हङकङका गगनचुम्बी भवन नियाल्दै हिडिरहेकी उनी एकैछीनमा हराईन् । सानो भाई लडेकाले बाबाले ईक्सामाको हात छोडेर भाई उठाउँन तर्फ लागे, ठिक त्यहि समयमा ईक्सामा पार्क तर्फ दगुरेकी थिईन् । हङकङको ब्यस्त सडक अनि तिव्ररुपमा गुडिरहेको गाडीले सानी ईक्सामालाई देखेन । अन्तत ठक्कर मात्र दिएन करिब २०० मिटर घिसारेर लग्यो । सडकभरि रगत र कपाल छरिएको अनि गाडी मुनी आफ्नी सानी छोरी देख्दा कृष्ण मुर्छित भए ।
कानुनी प्रक्रियाको लागि लगभग एक महिनापछि लिम्बु परम्पराअनुसार ईक्सामाको आइतवार अन्त्येष्टि गरियो । अन्त्येष्टिको क्रममा सहभागी हजारौं नेपालीहरुको आँशु थामिएन । बिदेशी भुमिमा आफ्नो सपना अनि आफन्तको मायाबाट टाढिएर बाँच्नुको पिडा त छदैछ आफु भन्दा बढि प्रिय मानेको सन्तानलाई गुमाउनु पर्दा आमा ज्योती र हजुरआमालाई सम्हालिन गाह्रो परिरहेको थियो ।
हङकङ स्थित ईन्टरनेशनल फ्युनरल पार्लरमा श्रृदाञ्जली अर्पण र मौनधारण पश्चात ताईवाई फुशान सम्सान घाटमा अन्त्येष्टिको लागि अन्तिम बिद्युतीय स्विचमा हात राख्दा बाबा कृष्ण र आमा ज्योतीको आँखाबाट बलिन्द्र आँशु धारा बगिरहेको थियो । सायद प्यारी छोरीको अन्तिम बिदाई नै त्यहि हो ।

विद्यार्थी शैलिमा पोखरामा गगन थापा गर्जिदा कम्युनिस्ट हरु भागाभाग, येसरी नाङ्गेझार पारे सरकारको कर्तुतलाइ

पोखराको पृथ्वीचोकमा गगन थापा गर्जिदा कम्युनिस्टहरुको भागाभाग भएको छ, गगन थापाले दिएका शाब्दिक वाणहरुले कम्युनिस्टहरु लाजले धपक्कै भएका छन । कम्युनिस्ट सरकारको लाचारपन र अधिनायकवादलाइ झापड हान्दै विशाल प्रदर्शनमा गगन थापाले लाखौ श्रोताको मनमा बस्ने गरि सरकार बिरुद्द भासण दिएका हुन।





आफ़ुलेइ पढाउने चार वर्षीया बालिका बलात्कार गर्ने शिक्षकलाई फाँसी दिने फैसला

 एक शिक्षकले चार वर्षीया अबोध बालिकालाई घरबाट छुटाएर बलात्कार गरेका छन् । ती शिक्षकले बालिकालाई बलात्कार गरिसकेपछि दर्दनाक अवस्थामा छाडेर भागे । बलात्कारी शिक्षकले ती बालिकाको मृत्यु भएको सम्झेर छाडेर भागेका थिए ।
यस्तो दर्दनाक अवस्थामा बलात्कृत ती बालिकालाई एयरलिफ्टकोको साहारामा सतनाबाट दिल्ली लगिएको थियो । यसै मुद्धामा आरोपित ती शिक्षकलाई फाँसी दिइएने फैसला भएको छ । उनलाई २ मार्चका दिन फाँसी दिइने निर्णय भएको हो ।
यो घटना हाम्रै छिमेकी राष्ट्र भारतको मध्य प्रदेशको सतना जिल्लाको परसमनिया गाउँको हो । जहाँ चार वर्षीया अबोध बालिकालाई शिक्षक महेन्द्र सिंह गोंडले बलात्कार गरेका थिए । रिपोर्टका अनुसार ती बलात्कारी शिक्षक महेन्द्रलाई २ मार्चको किहान ५ बजे बिहान जबलपूर स्थित नेताजी सुभाष चन्द्र बोस केन्द्रिय कारागारमा फाँसी दिइनेछ ।
यस मुद्धामा निचली अदालतद्वारा फैसला गरिएको फाँसीको सजायलाई एमपी हाइकोर्टले पनि सदर गर्दै गत शनिबार दिनेश शर्माको अदालतले दुष्कर्मको डेथ वारेन्ट जारी गरिदिएको छ ।
अदालतले जबलपूरको सेन्ट्रल जेल अधीक्षकलाई पठाएको डेथ वारेन्टमा २७ वर्षीय बलात्कारी महेन्द्र सिंह गोंडलाई २ मार्चको बिहान ५ बजेको समयमा फाँसीमा झुण्ड्याउन आदेश दिएको छ ।
सन् २०१८ जुलाई १ तारिखको रात चार वर्षीया एक अबोध बालिकालाई आरोपित महेन्द्र सिंह गोंडले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । घटना घटेको दोस्रो दिननै तत्कालीन कलेक्टर मुकेश शुक्लाले तत्कालीन मुख्यमन्त्री शिवराज सिंह चौहानसँग कुरा गरेर पीडित ती अबोध बालिकालाई एयरलिफ्ट गर्दै दिल्ली स्थित एम्समा भर्ती गरेका थिए । परसमनिया रेप काण्डलाई लिएर निकै आलोचनाहरु भएका थिए ।
जिल्ला न्यायालयका पीआरओ फरुखद्दीनले बताए अनुसार शिक्षकद्वारा चार वर्षीया अबोध बालिका बलात्कृत भएकी थिइन्, जसको कारण उनी गम्भीर घाइते भएकी थिइन् । यसपछि शासनले एसआइटी गठन ग¥यो । यो घटना १ जुलाई २०१८ को हो

दोश्रो रबि लामिछाने मनिने पत्रकार भाग्य न्यौपानेले दुबै हात नभएको मेघालाई आर्थिक सहयोग गरेका छन् ,मेघा भन्छिन् : फेरि बाच्ने आसा जागेको छ (भिडियो सहित)

करेन्ट लागेर दुबै हात गुमाएकी मेघा घिमिरेलाई पत्रकार भाग्य न्यौपाने ले आर्थिक सहयोग गर्नु भएको छ । एक अनलाइन टिभी मार्फत उन्को वास्तबिकता बाहिरीए लगत्तै उनलाई भेट्न पुगेका भाग्यले आफुले ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरेको मेघाले बताएकी छिन ।बिगत लामो समय निरस र पिडादायी जीवन बाचेकी मेघालाइ अहिले सहयोग र आत्मियता दुबै जुटिरहेको उन्ले बताएकी छिन ।

नेपाली दाजुभाइ दिदी बैनिको अहयोग र मायाले आफुलाइ ठूलो सहास र आत्मबिस्वास दिएको भन्दै मेघाले सबैको सहयोग पाए आफुले पनि केही गरेर सबैको हितमा काम गर्ने इच्छा ब्यक्त गरेकी छिन ।नेपाली दाजुभाइ दिदी बैनिको अहयोग र मायाले आफुलाइ ठूलो सहास र आत्मबिस्वास दिएको भन्दै मेघाले सबैको सहयोग पाए आफुले पनि केही गरेर सबैको हितमा काम गर्ने इच्छा ब्यक्त गरेकी छिन ।

पैसा नदिए सबै परिवारको हत्या गर्दिन्छु, मान्छे लगाएर एयर्पोटमै मार्दिन्छु भन्दै धम्की दिदै यो चेलीको पैसा खाने

एकजना बिन्दास खत्री फेसबूक नाम गरेको ब्यक्तिले कुबेतमा भएकी चेलिको पैसा खाएर ज्यान मार्ने धम्की दिएको छ पैसा नदिएको भन्दै ।

नमस्कार म शान्ति बिक कुवेतबाट सम्पुर्ण नेपाली दिदीबहिनीहरु र दाजुभाइ हरुमा मेरो घर नवलपरासी देउराली गाबिस हो । मलाई एक जना ब्याक्तिले अचानक फोन गर्यो इन्डियाको बम्बाइबाट चिन्दै न चिनेको ब्याक्तिले। उस्ले मेरो सम्पुर्ण आफन्त परिवारको नाम लियो म चिन्दछु भन्यो मलाई तर मैले त्यो ब्याक्तीलाई चिनेको पनि छैन । केही महिना सम्म राम्रै बोल्दै गयो उस्ले मलाई यसरी परिचय दियो मेरो फेस्बुकमा बिन्दास खत्री नाम छ र मलाई गाउँमा बोलाउने नाम राजेन्द्र खत्री हो मेरो घर रामपुर हो भन्यो।

अनि एक महिना जति राम्रै बोलो त्यस पछि कल गरेर मलाइ भन्यो, एक महिनाको पैसा हाल नत्र तेरो बेइज्जत गर्छु भन्यो अनि मैले भने छैन पैसा भन्दा उस्ले फेक फेस्बुक आइडी खोलेर उस्को फोटो अरु अरु मान्छे संग मेरो फोटो जोडेर मेरो परिवार आफन्तहरुलाई ट्याग गर्न थाल्यो, फोन गरेर दिन्कै धम्की दिन थल्यो, अनि मैले मेरो बेइज्जत गर्दैनस भने एक महिनाको पैसा हाल्दिन्छु भनेर एक लाख सत्र हजार रुपैयाँ पठाई दिएंँ । त्यस पछि केही दिन सान्त बसो फेरि तेस पछि दुई लाख माग्न थालो

दुई लाख नदिएमा तेरो हत्या गर्छु तेरो परिवारको हत्या गर्छु भन्दै धम्की दिदै छ । अहिले दिन्कै मेरो फोटा अरु संग जोडेर मेरो आफन्त परिवारका सदस्य संग ट्याग गरिराको छ कृपया यो भिडियो शेयर गरेर रवि लामिछाने सम्म पुर्याइदिनु होला मलाई धेरै सहयोग चाहिएको छ यहाँ हरुको हामी जहाँ जस्तो सुकै ठाउँमा भए पनि आफुले दु:ख गरेर कमाएको पैसा आफ्नो घरमै पठाउने काम गर्नुहोला |



निर्मला हत्याकाण्डमा एसपी बिस्ट र बम दिदी बहिनीलाई जेल

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना जटिल हुँदै गएको छ । अभियुक्तहरूले सबै प्रमाण नष्ट गरेपछि अहिलेसम्म भएका अनुसन्धान सबै फिक्का जस्तै भएका छन् । यहि बिच बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले आईजीपी खनालमाथि निकै कडा कडा प्रश्न राखेका थिए ।

निर्मला पन्तको बलात्कारको प्रमाण मेट्ने अनि मुचुल्कामा उनका पिताको नक्कली हस्ताक्षर पुलिसले नै गराएको गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक गरिसकेका छन् । त्यसैले अब निलम्बित एसपी विष्टलाई पक्राउ गरी अनुसन्धान थाल्ने तयारीमा सर्बेन्द्र लागी परेको बताइएको छ |
जसको सामना गर्न खनाललाई निकै हम्मे हम्मे परेको थियो ।उनले निलम्बित एसपी डिल्लीराज विष्टमाथि प्रमाण जुटाएर जेल पठाउन आफू लागिपरेको बताएका थिए । यसले विष्टमाथि नै प्रहरीको निसाना सोझिएको प्रस्ट हुन्छ । निर्मलाको बलात्कारपछि बम झुन्ड्याएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

बम दिदीबहिनीको घरको आँगनमा रहेको अम्बाको रूपमा झुन्ड्याएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । किनभने निर्मलाको भोकल कर्ड भाँचिएको पाइएको थियो । भोकल कर्ड झुन्डेको अवस्थामा मात्र भाँचिन सक्ने चिकित्सकहरू बताउँछन् ।हतार हतारमा अम्बाको रूख काटिएको घटना र बबिता तथा रोशनी बम दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान नथालेसम्म निर्मलाको हत्या प्रकरण निष्कर्षमा पुग्न नसक्ने बताइएको छ ।



११ वर्षीया गुडिया भनिने रुपमती दासको छिमेकीबाटै सामूहिक बलात्कारपछि हत्या, २ जना पक्राउ

विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया गुडिया भनिने रुपमती दासको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ ।हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई युवाले घटनामा आफ्नो संलग्नता स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । एक साता लामो अनुसन्धानपछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ परेका दुवै युवा रुपमतीकै छिमेकी हुन् । प्रहरीले घटनामा संलग्न विराटनगर–८ का २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको हो । आवत र चन्दु यही घटनाको सोधपुछका क्रममा यस अघि पनि पटक÷पटक पक्राउ परिसकेका थिए ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेर ल्याए पनि प्रमाण पु¥याउन नसकेपछि छाड्ने र फेरि पक्राउ गरेर सोधपुछका लागि ल्याउने गरिरहेको थियो । प्रहरीले यस घटनाको अनुसन्धानका क्रममा शंकास्पद भन्दै ११ जनालाई निगरानीमा राखेर सोधपुछ गरिरहेको थियो ।प्रहरीले अनुसन्धानका लागि गरेको चौथो पटकको प्रयासपछि घटनामा अन्सारी र महतोकै संलग्नता पुष्टि भएको हो । हत्यामा संलग्न लागूऔषध दुव्र्यसनी भएको प्रहरीले जनाएको छ ।
Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger