जब इराकले खेल हार्दै गर्यो, इराकी फोटोग्राफर मोहम्मद रुन थाले ।तै पनि फोटो खिच्न भने छोडेनन् । उनै फोटोग्राफरले रुँदै फोटो खिच्दै गरेको अवस्थाको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ । तस्बिरमा मोहम्मद आँखाबाट आँसु चुहाउँदै खेलको फोटो खिचिरहेका छन् ।यसले उनको देशप्रेम र पेशाप्रतिको लगाव प्रकट गरेको छ । मोहम्मदले आफ्नो पेशा र देशप्रेमको भाव एकैपटक दर्शाएको भन्दै धेरैले उनको प्रशंसा पनि गरेका छन् । कतिले त उनका यी तस्बिर ‘अति सुन्दर तर दुखदायी’, ‘मुटु हल्लाउने’ जस्ता टिप्पणी गर्दै प्रशंसा गरे ।
एएफसी एसिया कप अन्तरगत कतारसँगको खेलमा इराकले १–० ले हार व्यहोरेको थियो । तर मोहम्मदको यस्तो अद्धितीय तस्बिर सार्वजनिक भएपछि भने उनलाई कतारकै खेलप्रेमीले समेत ढाडस् दिएका छन् । फेसबुक पेज ट्राेल फुटबल, फुटबल ट्वीट लगा यतका साइटले यी तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेका हुन् ।
Post a Comment