Latest Updates :

नेपालगंजबाट दाङ जादैँ गरेको बस दुर्घटना

SHARE THIS POST :
  पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङको लमहीमा सवारी दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । नेपालगंजबाट घोराहीतर्फ जादैँ गरेको ना ५ ख २७९९ नम्बर बस र पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको ना ७ ख १२८२ नम्बरको मालबाहक ट्रक लमही नगरपालिका वडा नम्बर ९ रिहारमा एकआपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षीय सन्तोष विक र ट्रक चालक बैतडी पाटन नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय रामसिंह पन्त गम्भिर घाइते भएको रिहार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनबहादुर नेपालीले जानकारी दिए ।अन्य सबै बसमा सवार यात्रु र एकजना ट्रकका सहचालक घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज, कोहलपुर र लमही अस्पतालमा उपचार भइरहेको छ ।

अन्य समाचार पद्नुहोस
काठमाडौ, पुस २५ । अरुले मापसे गरे समातेर जरिवानादेखि हिरासतसम्मको कारवाही गर्नुपर्ने ट्राफिकका हाकिम आफैँले होस् गुम्ने गरी मदिरा सेवन गरी सवारी साधन चलाउँदा के हुन्छ ? हाकिमको कारले यात्रुवाहक बसलाई ठक्कर दिन्छ । तर, यस्तो गम्भीर कसुरमा प्रहरीले नै उहिल्यै प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालिन शाहज्यादा पारश शाहलाई जोगाउन नक्कली चालक खडा गरेको इतिहास दोहोर्याइन्छ ।

यस्तो घटना कपिलवस्तुमा भएको हो । त्यहाँको राजमार्गमा पर्ने बैरियामा गतसाता जिल्ला ट्राफिक प्रमुख बाबुराजा पन्तले अत्यधिक मदिरा सेवन गरी बा. १६ च ५५७० नम्बरको आफ्नो निजी कार चलाएका थिए । बिरामी ससुरालाई भेट्न जाँदा रक्सी पनि पिएका थिए । ५० वर्ष उमेर कटेका उनलाई थोरै रक्सीले बढी लागेछ क्यार, बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ३९६९ नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिन पुगे ।

कारले ठक्कर दिएपछि बसवालाले पनि किन छाड्थे र, बाटोभरि मान्छे जम्मा पारेर होहल्ला मच्चाउन थालिहाले । त्यसमाथि ट्राफिककै इन्स्पेक्टरले त्यस्तो हर्कत गरेपछि के चाहियो र, वरिपरिका रमितेले गर्दा बैरिया चोक जात्रा लागेजस्तो बन्यो । इप्रका पिपराअन्तर्गत पर्ने घटनास्थलमा सिभिलतिरका इन्स्पेक्टर पुगे । ट्राफिक इन्स्पेक्टर खुट्टा पनि राम्रोसँग टेक्न नसक्ने हालतमा थिए ।

सिभिल इन्स्पेक्टरले जिप्रकाका एसपी अच्युत पुडासैनीलाई फोन गरेर घटनाबारे रिपोर्ट दिए । उनले ‘मिलाइदेऊ यार’ भनेपछि नक्कली सवारी चालक खडा गर्नेतिर प्रहरी सक्रिय भयो । चार नम्बर जितपुरमा कपिलवस्तु अटोल्याण्ड नामक गाडी बनाउने ग्यारेजका झविन्द्र खनाल पनि रमिता हेर्न पुगेका थिए । सिभिलका इन्स्पेक्टरले ‘यता आऊ भाइ’ भन्दै तानेर मुख सुँघे । ‘खाएका छैनौ नि ?’ भन्दै ‘यो गाडी मैले नै चलाएको हुँ भन है’ भने ।

उनलाई भनिएको थियो, ‘ठोक्किने र ठोक्काउने दुबै गाडी तिम्रो ग्यारेजमा मर्मत गरिनेछ । व्यापार पाउने भयौ, पुलिसलाई सहयोग पनि गर्ने भयौ ।’ काम पाइने, कारवाही पनि खासै नहुने भएपछि उनले हुन्छ भने । त्यसपछि ट्राफिक इन्स्पेक्टर बाबुराजा इप्रकामा लुकाइए र भविन्द्र बने दुर्घटना गराउने कारको चालक । उनको स्वास्थ्य परीक्षण भयो । एकछिन हिरासतमा राखेजस्तो गरियो । र, भोलिपल्ट छलफलका लागि आउने भनी कागज गरेर आफन्तको जिम्मामा छाडियो । भोलिपल्ट सहमति भयो, आ–आफ्नो गाडी, आ–आफूले नै बनाउने । र, बनाउने ठाउँचाहिँ भविन्द्रको ।

कारले ठक्कर दिनुमा बसको पनि गल्ती भएको बताइन्छ । अगाडि दौडिरहेको बसले एक्कासी ब्रेक लगायो, फलस्वरुप कारले आफ्नो स्पिड कन्ट्रोल गर्न सकेन र ठक्कर दियो । चालक होसमा भएको भए त्यसो हुने थिएन । ती ट्राफिक इन्स्पेक्टरलाई संगठनले डिएसपीमा बढुवा नदिएको असन्तुष्टि थियो । त्यही कारण बढी पिउने आदत लागेको बताइन्छ । जनआस्था साप्ताहिकमा समाचार छ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger