Latest Updates :

अमिरले कैटरिनासँग राखे यस्तो शर्त, हारिन् भने सलमानको घर अगाडि गर्नुपर्छ यस्तो काम

SHARE THIS POST :
बलिउड अभिनेता अमिर खानको यो वर्ष कुनै पनि फिल्म रिलीज नहुने भएको छ। यद्यपी आगामी वर्ष महाभारत, फरेस्ट गम्प को इण्डियन रिमेक या अन्य कुनै प्रोजेक्टको तयारीकालागि उनले खास टारगेट आफ्नोलागि सेट गरेका छन्। यो टारगेट भनेको पाँच महिनामा १५ किलो वजन घटाउने हो। अमिरले यो टास्कको सुरुवात फेब्रअरी एकबाट सुरु गर्नेछन्।

‘म अहिले नै अघिल्लो फिल्म कुन हो भनेर भन्न सक्दिन। र त्यही फिल्मकोलागि मैले यो तयारी सुरु गरेको हुँ,’ उनले भने। उनले आफ्नो तयारी फेब्रुअरी १ बाट सुरु हुने बताए। उनले एउटा प्रोजेक्ट फाइनल गर्ने अन्तिम तयारीमा रहेको उल्लेख गर्दै त्यसको घोषण चाँडै गर्ने बताए।  उनले आफू विगत केही महिनादेखि काम नगरी बसेका कारण वजन बढेको बताए। उनले आफ्नो वजन अहिले ८५ किलो रहेको उल्लेख गर्दै आगामी पाँच महिनामा १५ किलो वजन कम गर्ने बताए।

कैटरिना कैफले केही दिन अगाडि एक च्याट शोमा भाग लिएकी थिइन्। त्यस क्रममा अमिर खानले उनलाई विशेष सन्देश पठाए। उक्त म्यासेजमा अमिले आफू र कैटरिनाबीच एक च्यालेन्ज बाँकी रहेको बताए।

उक्त च्यालेन्ज अनुसार दुवैबीच एउटा सानो खेल हुन्छ। यदि कैटरिनाले उक्त खेल हारिन भने उनले मुम्बईको बान्द्रमा रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर उभिएर ‘दिल चीज क्या है, आप मेरी जान लीजिए’ गीत गाउनु पर्छ। अझ रमाइलो के छ भने ग्यालेक्सी अपार्टपेन्टमा सलमान खान बस्छन्।  अमिर  र कैटरिनाबीच राम्रो सम्बन्ध छ। अमिर र सलमान पनि असल साथी हुन्।

एक बेला यस्तो पनि थियो सलमान कैटरिनाको निकै नजिक थिए। यद्यपी पछि उनीहरु अलग भए। तैपनि उनीहरुबीचको सम्बन्ध भने राम्रो छ। टाइगर जिंदा है पछि दुवै कलाकार एक पटक ठूलो पर्दामा फेरि तहल्का मच्चाउने क्रममा छन्। यी दुवैको सुपरहिट जोडी यो वर्ष इदमा रिलीजहुने फिल्म ‘भारत’ मार्फत ठूलो पर्दामा तहल्का मच्चाउने भएका छन्। यो फिल्ममा कैटरिना बाहेक अन्य कयौं कलाकारले पनि अभियन गरेका छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger