Latest Updates :

जिबोटीमा डुङ्गा दुर्घटना हुँदा १३० आप्रबासी डुबेर वेपत्ता

SHARE THIS POST :
“जिबोटीको ओबोक क्षेत्र नजीकै मङ्गलबार बिहान भएका डुङ्गा दुर्घटनामा १३० जनाभन्दा बढी आप्रबासी शरणार्थी डुबेर वेपत्ता भएका छन् ।” अहिलेसम्म दुई जनालाई जीवितै र तीन महिलाको मृत शरीरलाई उद्धार गरिएको आइओएमले बताएको छ ।

वेपत्ता यात्रुहरूको खोजी अझै जारी रहेको भए पनि उनीहरू पानीमा वेपत्ता भएको करिब २४ घण्टा भएकोले जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण रहेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि वेपत्ता भएका नागरिक कुन देशका थिए भन्ने बारेमा पनि आइओएमले जनाएको छैन । गरीब इथियोपियाली नागरिकले राम्रो आर्थिक अबसरको खोजीमा उक्त बाटो गरेर अरबेली प्रायद्वीपमा छिर्ने गरेका छन् । रेड सी पार गर्ने क्रममा डुबेर वा खाने पानीको अभावमा बर्षेनी हजारौ मानिसले ज्यान गुमाउने गरेका छन् ।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger