अज्ञात ब्यक्तिबाट यहि माघ १५ गते राती तोडफोड भएको कुरा वडा अध्यक्ष अन्दि भोटेले जानकारी दिएको छ।यस अघि पनि यसरी नै तोडफोड भएको र दोस्रो पटक भएको अध्यक्ष अन्दि भोटेले जानकारी दिए।स्थानीय स्तरमा त्यस्तो शंकास्पद ब्यक्ती कोहि पनि नभएको बताए।अज्ञात समुहले कार्यालयको कम्प्युटरको मनिटर फुटाएको छ।नागरिकता ढटटा च्यातिएको छ।कार्यालयको कर्मचारी हाजिर खाता च्यात्नुका साथै कार्यालयको छापहरु हराएको कुरा इलाका प्रहरी कार्यालय हटियाका सई हरि थापाले जानकारी दिएको छ।कार्यालय चोरी र तोडफोडको जानकारी पछि इलाका प्रहरी कार्यालय हटियाबाट अनुसन्धानको लागि आज बिहिवार घटनास्थल पुगेको छ।सई थापाका अनुसार झ्याल फोरेर प्रवेश गरेको र घटना स्थलमा कर्मचारीले काम नगरेको गुनासो लेखेको टिपोट फेला परेको जनाएको छ।टिपोटमा – हाम्रो पाटि जहिले पनि अग्रिम जिन्दाबाद यहा जनप्रतिनिधि र कर्मचारीले टाइममा काम नगरी जनतालाई दुख दिनको लागि यो अफिस खडा गरेको होइन /लाल अभिबादन जिन्दाबाद, लेखिएको छ/
तोडफोड गरेको घटनास्थलमा भेटिएको हस्तलिखित पर्चा
बिकट क्षेत्रको कार्यालय गुवाछेसा स्कुल अगाडि करिब एकान्त स्थलमा रहेकोले घटना भएको रात कसैले थाहा नपाएको तर भोलिपल्ट माघ १६ गते कार्यालय पुग्दा मात्र तोडफोड भएको भेटिएको छ।
Post a Comment