Latest Updates :

भक्तपुरमा श्रीमतीलाई जबरजस्ती बलात्कार गर्ने श्रीमान पक्राऊ

SHARE THIS POST :
श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ ।

भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेकाे आराेपमा प्रहरीले पक्राऊ गरेकाे हाे ।

श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राऊ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी आएपछि खड्कालाई पक्राऊ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

यो पनि पढ्नुहोला

हिमपातले बिछोडिएका दुई घोरलको सल्यान र डोल्पामा उद्धार
सल्यानमा स्थानीय युवाहरुले छोपेको जंगली जनावर घोरलको उद्धार गरिएको छ ।

जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ को चिसापानीमा युवाहरुले आइतबार छोपेको घोरल प्रहरीको पहलमा उद्धार गरि डिभिजन वन कार्यालयका प्रतिनिधीहरुलाइ जिम्मा लगाइएको हो ।

ईलाका प्रहरी कार्यालय रागेचौरका अनुसार उद्धार गरिएको घोरल डिभिजन वन कार्यालय सल्यान अन्तर्गतको दार्मा–कुमाख सव डिभिजन मौला हाल्नेमा कार्यरत वन रक्षक रमित खड्का र सिद्धकुमाख–बागचौर सव डिभिजन वन कार्यालय थारमारेमा कार्यरत वन रक्षक सन्तोष ओलिलाई जिम्मा लगाइएको हो । उक्त घोरल सामुदायीक वनमा लगेर छाडिने वन रक्षक खड्काले जानकारि दिएका छन् ।

लगातार परेको बर्षा र हिमपातको करण घोरल बिछोडिएर फेला परेको हुन सक्ने अनुमान गरिएको छ । घोरल सकुशल छ ।

त्यसैगरी डोल्पाको सदरमुकाम दुनैबाट प्रहरीले घोरलको एउटा बच्चाको उद्धार गरेको छ । सोमबार बिहानै दुनै बजारको लाउचा डाँडाबाट पानी पिउन भेरीमा झरेको घोरलको पाठीलाई कुकुरले लखेटिरहेका बेला प्रहरीले उद्धार गरेको हो ।

करिब ६ महिना जतिको घोरलको पाठी भेरीमा हाम फालेपछि त्यहाँबाट निकालेर उद्धार गरि जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । कुकुरले लखेट्दा सामान्य चोट लागेको या पाठीलाई उपचारपछि जिल्ला वन कार्यालयमार्फत् वनमा छाडिने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए ।

निरन्तरको हिमपातले उच्च क्षेत्रमा आहारा छोपिएपछि चरणकै लागि वन्यजन्तु यतिबेला तल झर्ने गर्छन् । त्यहीक्रममा घोरलको पाठीलाई कुकुरले भेट्टाएका हो ।

हिमपातको बेलामा मृग, घोरल, कस्तुरी र डाँफे गाउँसम्म आउने गर्छन् । वन अधिाकरी, निकुञ्जका कर्मचारी र प्रहरीले फेला नपारे मारिने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्ने गर्दछ । संरक्षित जंगली जनावरको सूचीमा रहेको घोरल केही वर्ष पहिले धेरै पाईने गरेकोमा चोरी शिकारी र वनजंगल विनासका कारण पछिल्लो समय लोप हुँदै जान थालेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger