रातीको समय पशुपति क्षेत्रमा शव जलाउने स्थान पारिपट्टी गाँजा सेवन गरेका युवायुवतीकले गरेकोे अश्लिल हर्कत अहिले सामाजिक सञ्जालमा आएको छ । एक क्यामेराले कैद गरेको दृष्यमा प्रष्ट हुन्छ नशामा लठ्ठ परेका युवायुवतीले अश्लिल र छाडा बोलिरहेको देखिन्छन् । रातिको समय करिब ८–८ बजेतिरको जस्तो दृष्य कैद गरिएको छ । जहाँ चार जना युवायुवती एकान्त स्थान खोजिरहेको देखिन्छन् । वारीपट्टी शव जलिरहेको छ । बाग्मतीको पारी ती युवायुवतीको हर्कत हेर्दा लज्जास्पद दृष्य देखिन्छ ।
पशुपति क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीको सक्रियता घटेको हो की भन्ने त्यहाँ आवातजावत गर्ने दर्शनार्थीको आँकलन छ । मुलुककै पवित्र स्थानहरुमा हुने यस्ता घटनाले त्यस ठाउँको गरिमालाई असर गर्ने चिन्ता एकातिर छ भने बढ्दै गएको अराजक शैलीले ठूलो रुप लिने अर्को चिन्ता । भर्खरैमात्र सार्वजनिक गाडीमा एक युवकले गरेको अश्लिल हर्कतको आरोपीलाई प्रहरीले पत्ता लगाउन सकेको छैन । प्रहरीका मुखैमा देखिने यस्ता घटनाहरुमा प्रहरीको ‘एक्सन’ नै कमजोर भएको हो की ?
Post a Comment