मृतक धनाको शनिबार स्थानीय दोगाडे खोलामा दाहसंस्कार गरिएको छ । धनाका पति भारतमा रहेको र घरपरिवारका अन्य सदस्यले दागबत्ती दिन तयार नभएपछि उनकी सासूआमा लाल्मीदेवी रावलले दागबत्ती दिनुभएको छ । स्थानीय पुरुषहरु काजकिरिया गर्नबाट पन्छिएको र वृद्ध अवस्थाकी सासूआमाले टाढाको घाटसम्म पुग्दै दागबत्ती दिनुपरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश बढेको छ ।
चट्याङले १९ जना सख्त घाइते भएका थिए । घटनाका अन्य घाइतेहरुलाई नगरपालिकाको पहलमा शनिबार मात्र जिल्ला अस्पताल पुर्याइएको छ ।
Post a Comment