Latest Updates :

प्रचण्डको परिवार नै ओछ्यानमा (भिडियो रिपोर्ट)

SHARE THIS POST :
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को परिवारमा भाइरल ज्वरो फैलिएको छ ।

चिकित्सकले प्रचण्ड परिवारमा भाइरल ज्वरोको प्रकोप फैलिएको बताएको हो । यद्यपि प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मङ्गलबार ललितपुरको धापाखेल स्थित सुमेरु अस्पतालमा स्वास्थ्य परिक्षण गराएका थिए ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्था बारे जानकारी लिँदै शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । चिकित्सकले दाहाललाई दुई तीन दिन घरमै आराम गर्न सुझाव दिएपछि अहिले घरमै आराम गरिरहेका छन् ।

यसअघि उनकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी थिइन् । ज्वरो र रुघाले ग्रस्त बनाएपछि उनलाई धापाखेल स्थित सुमेरु अस्पतालमा भर्ना गरी आइसियुमा राखिएको थियो ।

डा. युवराज शर्मा नेतृत्वको टोलीले उनको स्वास्थ्य उपचार गरेको थियो । उनी लामो समयदेखि सुगर, प्रेसर लगायतका रोगहरूबाट पनि पीडित थिइन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger