Latest Updates :

काठमाडौंमा घट्यो अर्को डरलाग्दो घटना उद्धारमा गएका प्रहरी नै चकित

SHARE THIS POST :
 मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो ।प्रहरी पुग्दा पनि ती महिला चिच्याउँदै थिइन् र उनीमाथि बाँसका भाटा र लाठीले कुटपिट चलिरहेको थियो । कविता खाजाघरको माथिबाट हानेको बाँसको भाटा प्रहरीको टाउकोमा पनि बज्रियो । कुटाइ खाने महिलाको उद्धार गर्न खोज्दा प्रहरीलाई समेत तथानाम मुख छाडिन् ‘खाजा घर’की साहुनीले ।खाजाघरभित्र अर्कै धन्दा !प्हरीले कुटाइ खाने महिलालाई उद्धार गरेपछि अर्को कोठाको ढोकाभित्रबाट महिला चिच्याएको आवाज आयो । ढोका खोलेर हेर्दा १४/१५ वर्षकी किशोरी गुहार माग्दै रहिछन् । खाज घरकी साहुनीले यो मेरी छोरी हो भनिन् । तर, उद्धार गरिएका महिलाले ‘ऊ पनि मजस्तै’ काम गराउन राखिएकी बहिनी हो भनेपछि खाजाघरकी साहुनीको धन्दा खुल्यो बाहिरबाट हेर्दा खाजा घर थियो । सटरभित्र तीनवटा टेबुल थिए । तर, पकाउने र खाने भाँडाहरुसमेत थिएनन् । सिसाको ढोका खोलेर माथि चढेपछि चारवटा कोठामा डस्ना र च्यादर ओछ्याइएको थियो । खासमा त्यो खाजाघर होइन, कोठी रहेछ । अनि प्रहरीलाई फोन गरेर बोलाउने र ढोका थुनेर बन्दी बनाइएका महिलालाई ‘जबर्जस्ती’ यौन कर्ममा लगाइएको रहेछ ।प्रहरीले ३५ वर्षीया दक्षिणा सुवेदी र १५ वर्षीया रचना पुन मगर (दुवै नाम परिवर्तन) लाई राति नै केरकार गरेपछि खुल्यो– उनीहरुलाई खाजा घरकी सञ्चालिका कोठीवाली म्याग्दीकी मनु छन्त्यालले अघोषित रुपमा बन्धक बनाएर यौनकार्यमा लगाएकी रहिछन् ।त्यस रातका गँजडी ग्राहकले अप्राकृतिक यौन सम्बन्ध राख्न दबाव दिएपछि प्रतिवाद गर्दा विवाद बढेर कुटपिट भएको रहेछ ।

अपाकृतिक यौन दबावले खुलेको रहस्य
त्यस दिन दक्षिणा सुवेदीले दिनभरिमा ३२ जना ग्राहकको चित्त बुझाइसकेकी थिइन् । थाकेर बसेकी उनलाई ‘कोठीवाली’ले दुईजना फुच्चे आएका छन्, आज राति यतै बस्ने भन्छन्, चित्त बुझाउनू भनिन् । अञ्दाजी १४/१५ वर्षका किशोर रक्सी र गाँजाको नशामा थिए । तीमध्ये एक दक्षिणासँग गए भने अर्का रचनासँग सुत्नखानपिनसँगै यौनकार्य गरेपछि ती किशोर थप नशा चढ्दै जाँदा पशुवत व्यवहार गर्न थाले । दक्षिणाका अनुसार उनले मुख र गुद्वार मैथुन गर्न दबाव दिए । यस्तो काम त नगर्ने भनेपछि झगडा गर्दै कोठीवालीलाई बोलाएर आपत्ति जनाए । त्यसपछि कोठीवाली आक्रोशमा आएर भुत्ल्याउँदै कुट्न थालिन् ।दिनभर करीव ३ दर्जन पुरुषको बासनाको शिकार भइसकेकी दक्षिणा निकै कमजोर थिइन् । कोठीवालीले ‘तँ बुढी भालुलाई अब राख्दिनँ, भर्खरका कलेज पढ्ने केटीहरु ल्याउँछु भोलिदेखि । तँ बुढी भालु अहिले नै निस्केर गइहाल्’ भन्दै निर्मम कुट्न थालिन् । अचाक्ली भएपछि मोबाइलबाट १०० नम्बर डायल गर्दै दक्षिणाले पुलिस बोलाइन् । तर, कोठीवालीले पुलिसले केही गर्दैन भन्दै उल्टै उनलाई थुनाउने धम्की दिन थालिन् ।

ज्यानको धम्की, घडेरीको प्रलोभन
म्याग्दीकी मनु छन्त्याल को यो धन्दा धेरै वर्षदेखि गोंगबुको एउटा सटरभित्र चलेकै थियो । उनी भन्ने गर्थिन्, ‘घरबेटीलाई महिनामा ५० हजार र पुलिसलाई ५० हजार दिएकी छु । तिमीहरुले यहाँभित्र यस्तो धन्दा हुन्छ भनेर कसैलाई भन्यौ र पुलिसमा गयौ भने ५० लाख खर्च गरेर भए पनि तिमीहरुलाई मार्दिन्छु । चुपचाप मैले भनेको मानेर ग्राहक खुसी पार्‍यौं भने एकदिन काठमाडौंमा जग्गा किन्ने पैसा दिन्छु ।’ज्यान मार्ने धम्की र काठमाडौंमा जग्गा किन्ने पैसा पाउने प्रलोभन यिनै दुई कारण थिए दक्षिणा र रचनाहरु खाजाघरभित्र दिनहुँ अस्मिता लुटाउन विवश हुनुमा । त्यहाँ उनीहरुभन्दा अघि र पछि पनि धेरै युवती आए, केही दिन शरीर बेचेर पैसा नपाएपछि बेपत्ता भए । उनीहरु किन प्रहरीमा गएनन् ? सायद ५० लाख दिएर पनि मार्ने धम्कीको डरले नै हो कि ? तर, यसपटक दक्षिणाले जीवनबाटै हारेपछि प्रहरी गुहारिन् विवशताले कोठीमा पुर्‍यायोजीवनमा धेरै हण्डर ठक्कर खाएर सबै उपाय सकिएपछि सिन्धुलीकी दक्षिणा घरको सरसफाइको काम गर्न भन्दै गोंगबुको त्यो खाजाघरमा पुगेकी थिइन् । ज्यामी काम गर्दा शरीरले साथ नदिएको र डिप्रेसनको औषधी खान तथा छोरी पढाउन पैसा नपुगेपछि कुनै व्यक्तिले दक्षिणालाई त्यहाँ पुर्‍याएका थिए । जेठको पहिलो साता उनलाई त्यहाँ घरेलु श्रमिकका रुपमा लगिएको थियो ।

गएकै दिन साहुनीले गेष्टलाई बियर र स्न्याक्स पुर्‍यायाउन लगाइन् । बियर लिएर कोठामा पुगेकी दक्षिणा फर्किन लाग्दा ग्राहकले समातेर जबर्जस्ती गर्न खोजे । उनी भाग्न खोज्दा ग्राहकले साहुनीलाई बोलाए । साहुनीले ग्राहकले भनेबमोजिम गर्नु भन्दै ढोका थुनिदिइन् । त्यस दिन उनीमाथि जबर्जस्तीकरणी भयो ।उनले साहुनीसँग यस्तो काम गर्दिनँ भन्दै रोइन् । तर, उनीसँग अरु विकल्प पनि थिएन । वैदेशिक रोजगारीमा गएका श्रीमान १० वर्षदेखि सम्पर्कमा छैनन् । १५ वर्षको छोरो गँजडी बनेर हिँडिसकेको छ । उनले १० वर्षकी छोरीको अनुहार सम्झिइन् । साहुनीले काठमाडौंमा जग्गा किन्ने पैसा केही महिनामै कमाइदिने प्रलोभन पनि दिइन् । सम्झेर ल्याउँदा उनको अगाडि कुनै विकल्प थिएन ।उनी खाजाघरभित्र अघोषित बन्धक थिइन् । कहिलेकाहिँ छोरीलाई भेट्न पाउँथिन् । छोरी एकजना छिमेकी बहिनीको जिम्मा लगाएर उनी काठमाडौंमा जग्गा किन्ने सपना देख्दै दिनमा कम्तिमा २० देखि ३५ जनासम्म यौन पिपासु ग्राहकहरुको चित्त बुझाउँथिन् । एकजना ग्राहकबाट साहुनीले ५ सय देखि २ हजारसम्म बुझ्थिन् । तर दक्षिणाको हातमा एक पैसा परेन ।

कोठीमा टुक्रियो रचनाको सपना
जेठदेखि माघ पहिलो सातासम्म उनी सय होइन, हजारको संख्यामा ग्राहकको शिकार बनिन् । तर, यो आठ महिनामा जम्माजम्मी करीव ५० हजार रुपैयाँ उनले पाइन् । एकातिर ज्यान मार्ने र छोरी बेपत्ता बनाउने धम्की, अर्कोतिर घडेरीको प्रलोभन, यस्तै चुंगुलमा थिइन् उनी । कतिपय युवती चाहिँ केही दिनमै भाग्थे ।यसै सिलसिलामा एक महिनाअघि मात्रै १५ वर्षीया रचना खाजाघरमा आइपुगिन् । नुवाकोटकी रचना ८ वर्षको उमेरदेखि काठमाडौंमा आफन्तको घरमा बसेर हुर्किन् । गत वर्ष काठमाडौंकै एक बोर्डिङबाट एसइइ दिएकी रचनाको पढाइ बिग्रिएपछि बेकरीमा काम गर्न थालिन् ।आफन्तले हेला गर्न थालेपछि एक्लै केही गर्छु भनेर काम खोज्दै हिँडेकी रचनाका सपना अन्ततः खाजाघरको नारकीय कोठीमा पुगेर टुक्रिए ।उनलाई पनि फूपुकी साथीले घरमा सरसफाइ गर्ने, लुगा धुने र भाँडा माझ्ने काम गर्ने भनेर लगेकी थिइन् । गएकै दिनबाट यौनकार्यमा लगाइयो । ती किशोरीले ‘म यस्तो काम गर्न आएकी होइन’ भन्दै प्रतिवाद गरिन् । तर, साहुनी र उनका भतिजाले ‘नत्र के गर्न आएकी, नखरा पार्छेस् ?’ भन्दै ग्राहकसँग सुत्न दबाव दिए । उनका लागि त्यस्तो काम विल्कुल नयाँ र अनुभव बाहिरको थियो ।

यौन सम्बन्ध भनेको प्रेम र भावनात्मक सम्वन्धमा अन्तिम आनन्द हो भन्ने अनुभव गर्न नपाउँदै उनी अपरिचित बाहुबलीबाट लुटिइन् । उनले पटक–पटक दक्षिणालाई ‘दिदी हामी यहाँबाट भागौं र पुलिसलाई खबर गरौं’ भन्थिन् । तर, दिदीले भन्थिन्, ‘यिनीहरुसँग अरबौं रुपैयाँ छ, पुलिस प्रशासन सबै किनेका छन् । हामीलाई बाँच्न दिँदैनन् ।’आजको युग, त्यसमा पनि काठमाडौंमै कुनै महिला र बालिकालाई बन्धक बनाएर यौन कार्यमा लगाइन्छ भन्ने कुरा धेरैले नपत्याउन सक्छन् । तर दक्षिणा र रचनाका दुःखका पत्रहरु पल्टाउने हो भने हाम्रो समाज कुन हदसम्म अपराधको आहालमा डुबिरहेको छ भन्ने पत्याउन बाध्य भइन्छ । दक्षिणा र रचनाहरु अरु त सयौं होइन, हजारौंको संख्यामा ठूला शहरमा बेचिइरहेका छन् ।प्रहरीले दक्षिणा र रचनाको उद्धार गरी शक्ति समूहको जिम्मा लगाएको छ । उद्धारपछि बेसहारा बनेका उनीहरुको जिबिकोपार्जनका आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले बताइन् । १५ वर्ष मुनिकी बालिका भएकाले रचनाको सन्दर्भमा सुरक्षित आवासमै राखेर उनको उच्च शिक्षाका लागि सहयोग गर्ने नीति लिइएको दुनुवारले बताइन् ।

प्रहरी भन्छ– ठूलो जालो छ
प्रहरीले ‘खाजाघर’की सञ्चालिका मुख्य अभियुक्त मनु छन्त्यालविरुद्ध मानव बेचबिखनको मुद्दा दायर गर्ने भएको छ । हाल उनलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले बताए । १५ वर्षमुनिकी किशोरीको हकमा भने जबर्जस्तीकरणी उद्योग गरेको मुद्दा पनि दायर गर्नुपर्ने देखिएको प्रसाईले बताए ।यो घटनाको अनुसन्धान गर्दा धेरै तथ्यहरु फेला परेको प्रहरीले जनाएको छ । कविता खाजा घरजस्तै गोंगबु बसपार्क र बालाजु क्षेत्रमा जबर्जस्ती यौन कार्यमा लगाउने धन्दाहरु चलेको आशंका प्रहरीको छ । प्रसाईले अरु शंकास्पद ठाउँमा पनि अप्रेसन चलाउन लागिएको अनलाइनखबरलाई बताए ।उनले भने– यो भनेको आन्तरिक बेचबिखन नै हो । महिला र बालिकालाई डरधम्की र प्रलोभन देखाएर जबर्जस्ती यौनकार्यमा लगाइएको छ । यसलाई हामीले मानव बेचबिखनमात्र होइन, बालिकामाथि बलात्कारको जघन्य अपराधका रुपमा पनि अनुसन्धान अघि बढाएका छौं ।त्यस दिनका ग्राहकलाई भने खाजाघर सञ्चालिका मनुले भगाएको दक्षिणा र रचनाले बताएका छन् । दक्षिणालाई बलात्कार गर्ने ग्राहक भागेका थिए भने रचनासँग रहेका ग्राहकलाई मनुले आफ्नो भतिजो भन्दै जोगाएको उनीहरुले बताए । प्रहरीले मनुका श्रीमान गोविन्दलाई पनि आरोपीका रुपमा मुद्दा दायर गर्ने बताएको छ ।

डिप्रेसनमा लैजाने यी कहानी
नारकीय जीवनबाट मुक्त भएका दक्षिणा र रचना आफूहरुलाई यौनकर्मी बनाउने अपराधीमाथि कडा कारवाही भएको देख्न चाहान्छन् । अपराधीलाई कानुनले कारवाही गर्ला तर, उनीहरुको भविष्य भने अनिश्चित बनेको छ । छोरीलाई पढाएर सिलाई बुनाइ सिकाउने दक्षिणाको चाहना छ । तर, उनीसँग अब कुनै विकल्प छैनन् ।अनलाइनखबरकर्मीसँग उनले भनिन्– मेरा आफन्तहरु गाउँदेखि काठमाडौंसम्म छन् । तर, मेरा लागि कोही पनि छैनन् । डिप्रेसनको दबाइ खाएको १५ वर्ष भयो । तर, मलाई जन्म दिने बाबुआमाले पनि के भयो भनेर सोधेनन् । छोरो गाँजा खाएर हिँड्छ, उसले मलाई कहिल्यै पनि बुझेन । सरकारी स्कुलमा ५ कक्षामा पढिरहेकी छोरीको थप पढाइ र उसलाई बचाउने सहयोग भइदिए पुग्छ ।दक्षिणाले ०६० सालमा बिहे गरिन् । धरान घर भन्थे श्रीमानले । तर, न त घर लगे, न आफन्तहरु चिनाए । ०६४ सालमा पेटमा छोरी ३ महिनाकी हुँदा बैदेशिक रोजगारीमा गएका श्रीमान त्यसपछि कहिल्यै फर्किएनन् । उनको घर खोज्दै जानलाई कोही चिनेकी छैनन् । घर कहाँ भन्ने पनि थाहा छैन । छोराछोरीको जन्मदर्ता पनि छैन ।

अर्कोतिर रचनाको पनि कहानी उस्तै छ । ७ वर्षकी हुँदा आमा बितेपछि उनी ठूलीआमासँग काठमाडौं आइन् । त्यसयता नुवाकोटको गाउँमा फर्किएकी छैनन् । सौतेनी आमासँग फोनमा कुरा हुन्थ्यो । तर, बुबाको अनुहार पनि उनलाई याद छैन । मावलीकै थर पुन मगर राखेकी छन् । अब नागरिकता बनाउने बेला कुन थर राख्ने भन्ने पनि उनलाई थाहा छैन ।दुबैको कहानी उस्तै छ । दलालले घरमा सरसफाइको काम लाइदिने भनेर गोंगबुको खाजाघरमा छाडिदिए । खाजाघरकी साहुनीले बन्धक बनाएर यौनकार्यमा लगाइन् । दिनमा ३२ जनासम्म ग्राहकलाई सेवा दिँदादिँदै जिन्दगीबाट थाकेपछि भाग्न खोज्दा उल्टै मरणासन्न पारेर कुटिए । १५ र ३७ वर्षीया यी दुई दिदीबहिनीको व्यथा यहाँभन्दा बढी सुन्न पनि सकिन्न ।आखिर किन गरीव र बेसहारामाथि नै यस्ता दुःखका पहाड खस्छन् ? के यिनीहरुले सम्मानका साथ बाँच्ने समाज कहिल्यै बन्दैन ? अनुत्तरित प्रश्नको भारी बोकेर फर्कियौं हामी । अनलाइनखबरबाट ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger