Latest Updates :

ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रुपमा गर्ने

SHARE THIS POST :
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान पहिरोमा ओडार पुरिएकाले ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ त्यसमै परेको हुनसक्ने आशङ्का गरिएको छ।

प्रदेशसभा सदस्य जगत सिंखडा, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले सो क्षेत्र अवलोकन गरी सदरमुकाम फर्केपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर संयुक्तरुपमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमार्फत उद्धार गर्ने निर्णय गरिएकोे थियो।

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा छ। हिँडेर उद्धारकर्मी जान नसक्ने भएपछि गृहमन्त्रालयमा हेलिकोप्टरसहित आवश्यक उपकरण उपलब्ध गराउन माग गरिएको छ।

गृहमन्त्रालयको आदेश पाएपछि आज बिहानै घटनास्थल पुगेर उद्धार शुरु गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए। ओडारमा २०० भेडा र ५० बाख्रा पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ। पहिरोमा केही भेडा मरेको देखिए पनि ठूला ढुङ्गा सामान्य तरिकाले हटाउन नसकिने भएकाले संयुक्त रुपमा उद्धार गर्ने तयारी गरिएको हो।

दुई दिन अघिदेखि हिउँ परेर केही उघ्रिएकाले भेडाबाख्रा लिएर जङ्गल गएका बखत शनिबार पुन हिउँ परेकाले ओडारभित्र बसेका उनीहरु ओडारमाथिको पहिरोले पुरिएका हुनसक्ने बताइएको छ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger