Latest Updates :

उडिरहेको विमानमा एयरहोस्टेसलाई प्रपोज गर्दै गरे यस्तो हर्कत, एयरहोस्टसको जागिर गयो

SHARE THIS POST :
चीनमा एक युवककी गर्लफ्रेण्ड एयरहोस्टेस थिइन् । गर्लफ्रेण्डलाई प्रपोज गर्नको लागि ती युवक त्यही विमानमा यात्रुको रुपमा चढे जुन विमानमा उनकी गर्लफ्रेण्डले माक गर्थिन् । विमान टेक अफ गरेको आधा घण्टापछि युवकले उडिरहेको विमानमा गर्लफ्रेण्डलाई प्रपोज गरे । यर, उनले यसरी प्रपोज गर्दा उनकी गर्लफ्रेण्डले भने ठूलो मूल्य चुकाउनुपरेको छ ।

उडिरहेको विमानमा आफ्ना ब्वाइफ्रेण्डले गरेको विवाहको प्रस्ताव स्वीकार गर्दा ती एयरहोस्टेसको जागिर नै गएको छ । चाइना इस्टर्न एयरलाइन्समा यात्रा गरिरेकी एयरहोस्टेसलाई त्यही विमानमा यात्रुको रुपमा आएका ब्वाइफ्रेण्डले घुँडाले टेकेर विवाहको प्रस्तान गरेपछि ती एयरहोस्टेसले इन्कार गर्न सकिनन् र प्रस्ताव स्वीकार गरिन् ।

खबर बाहिरिएपछि भने विमान कम्पनीले कडा कदम चाल्दै एयरहोस्टेसलाई जागिरबाट निकालिदिएको छ । कम्पनीले १० सेप्टेम्बरका दिन एयरहोस्टेसलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो । एशिया वनको रिपोर्टअनुसार विमानले उडान भरेको ३० मिनेटपछि नै युवकले गर्लफ्रेण्डलाई प्रपोज गरेका थिए । एयरलाइन्सका अनुसार यो यात्रुको सुरक्षाप्रति लापरवाही हो । यही कारण उनलाई जागिरबाट निकालिएको हो ।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger