Latest Updates :

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै

SHARE THIS POST :
विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानालाई आर्थिक सहयोग जुट्न थालेको छ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाउनुभएका उहाँकोे बिचल्ली भएको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सहयोग रकम जुट्न थालेको हो ।

ढुङगानाका लागि युट्युव सञ्चालक शिशिर भण्डारीको पहलमा गलकोट समाज जापानबाट सङ्कलित रु चार लाख, हङकङमा रहनुभएका माल्बुल प्रेमी र साथीबाट सङ्कलित रु ४५ हजार, काठमाडौँका लीला घिमिरेको पहलमा कर्मचारीलगायत अन्य व्यक्तिबाट सङ्कलित रु ६१ हजार ७०० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले पनिरु ५० हजार परिवारलाई प्रदान गर्नुभएको आफन्त झमप्रसाद आचार्यले बताउनुभयो ।

एघार केभी क्षमताको विद्युत् लाइन मर्मत गर्ने क्रममा विसं २०७० चैत १६ गते ३७ वर्षीय हरिकाजीलाई करेन्ट लागेर अपाङ््ग भएपछि आश्रित बुबाआमा र बालबच्चाको बिचल्ली भएको थियो । हरिकाजीका हातगोडा फालिएपछि उहाँका कामाइमा आश्रित सबै परिवार सहाराविहीन बनेका समाचार सार्वजनिक भएको थियो । अहिले उनीहरुको घरमा चुल्हो बाल्नसमेत धौधौ परेको छिमेकीहरू बताउँछन् । हरिकाजीको उपचारका क्रममा लिइएको ऋण फिर्ता माग्नेहरु अहिले दैनिकजसो घरमा आउने गरेको श्रीमती सीता ढुङ््गानाले बताउनुभएको छ । उहाँको उपचारको क्रममा अहिलेसम्म रु ३७ लाखभन्दा बढी खर्च भएकामा विद्युत् प्राधिकरणले रु २६ लाख उपलब्ध गराएको थियो । करेन्ट लागेर बेहोस बन्नुभएका हरिकाजीलाई उद्धारपछि उपचारका लागि तत्कालै काठमाडौँ लगिएको थियो ।

काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार गराइएको उहाँकोे सन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए । दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले साढे तीन वर्ष पुगेको छ भने पहिलो छोरी ११ वर्षकी छिन् । बुबाआमा दुवै ८५ वर्ष नाघेका हरिकाजीका सम्पत्तिको नाममा केही पाखो बारीमात्र छ । उहाँलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखाको ११२००२१९७३१० नं.को बचत खाता उपलब्ध गराइएको छ । दुवै मिर्गौला रोगी झलकमानको उपचार गर्न आर्थिक सहयोगको याचना दुवै मिर्गाैला काम नलाग्ने भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकमान तामाङले उपचारका लागि आर्थिक सहयोगको याचना गर्नुभएको छ ।

जीवन मरणको दोसाँधमा पुग्नुभएका ३३ वर्षीय उहाँले अस्पतालको श्ययाबाटै सो याचना गर्नुभएको हो । डायलायसिसमा बसेका बिरामीले विशेष औषधि (इपिओ), अस्पताल आवतजावत, अन्य औषधिमा धेरै खर्च लाग्ने आर्थिक अवस्था नाजुकु भएकाले ‘झलकमान बचाउ अभियान’ मार्फत सहयोगका लागि आग्रह गरिएको हो ।लामो समयदेखि बिरामी पर्नुभएका उहाँको मिर्गौला डायलासिस गराउँदा दुई पटकमा रु छ हजार खर्च ने गरेको छ । कमाइ गर्ने मान्छे झलकमान आफँै ओछ्यान लागेपछि श्रीमतीसहित छोराछोरीको विचल्ली भएको आफन्तले बताएका छन् ।

आफ्नै कमाइमा परिवार पाल्नुपर्ने झलकमानको श्रीमतीको टाउकामा नशासम्बन्धी समस्या भएकाले नियमित औषधि सेवन गरिरहनुपर्ने उहाँकी बहिनी प्रतिमा तामाङले बताउनुभयो । विशेषज्ञका अनुसार भलकमानलाई डायलासिस गराउन मासिक रू ३५ हजारसम्म खर्च लाग्ने छ भने नेपालमै मिर्गौला प्रत्यारोपण गर्दा रु पाँच लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गरेमा सोभन्दा बढी खर्च लाग्न सक्छ । डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पु¥याइ झलकमानको जीवन जोगाउन सबैको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ । उहाँलाई सहयोग गर्न चाहनेले ९८०८४६०६१७ र ९८६०२०९८०९ मा सम्पर्क गरेर वा प्रभु बैंकमा खोलिएको बैंक खाता नं ०४२०१००११८९८६१०००००१ मा जम्मा गर्न सक्नेछन् ।

झलकमानको उपचारका लागि अहिले देशविदेशमा रहेका आफन्तसँग सहयोग रकम सङ्कलन गर्न थालिएकामा मलेसियाबाट रु ५२ हजार ४४३ र मलेसियामा रहनुभएका खार्मी साब्रुका रञ्जित गुरुङको पहलमा विभिन्न जिल्लाका ३५ भन्दा बढी दाताबाट रु ५२ हजारसङ्कलन भएको प्राप्त भएको बिरामीका आफन्त सुवास तामाङले बताउनुभयो । कतारमा पनि सहयोग रकम सङ्कलन हुन थालेको आफन्तले बताएका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger