Latest Updates :

२ किलो लागु औषध अफिम सहित पक्राउ नेपाली बृद्धा

SHARE THIS POST :
भारतको रुपैडिहामा एक नेपाली बृद्धा ठूलो मात्रामा लागूऔषध अफिमसहित पक्राउ परेकी छन् ।नेपाली नाका पार गरेर भारतको रुपैडिहा पुगकी बाँकेको कोहलपुर घर बताउने जोगमायालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दुई किलो ८ सय ग्राम लागु औषध अफिमसहित पक्राउ गरेको हो । रुपैडिहाको प्रहरी कार्यालय अगाडि भारतीय प्रहरीले चेकजाँच गर्ने क्रममा उनी अफिमसहित पक्राउ परेको एसएसबी रुपैडिहाले जानकारी दिएको छ ।बाग्लुङ घर भई कोहलपुरमा बसोबास गर्ने जोगमायालाई तस्करले भरिया बनाएर अफिम बोकाएका थिए ।

यद्यपि, जोगमायाले अफिम बोकाउनेलाई नचिन्ने बयान दिएकी छन् । ‘मलाई त्यहाँसम्म पु¥याइदिनु भन्यो । मैले बोकेर हिँडे । त्यो सामान दिने मान्छेलाई मैले चिन्दिन’ जोगमायाले भनिन् ।आर्थिक प्रलोभनमा परेरे नेपाली महिलाले अफिम र चरेश बोकेको यो पहि लो घटना होइन । भारतको बहराइचस्थित जेलमा रहेका १० नेपाली महिलाहरु लागुऔषधको भरिया बन्दा भारतीय प्रहरीको फन्दामा परेका हुन्।बृद्धालाई प्रहरीले शंका नगर्ने भएकोले तस्करले उनलाई प्रयोग गरेको हुनसक्ने भए पनि भारतीय प्रहरीले उनलाई लागुऔ षध अफिमसहित पक्राउ गरेको हो। उनी नेपाली सुरक्षाकर्मीको आँखा छलेर भारतको रुपैडिहा पुगेकी थिइन्।

नेपाल प्रहरीले भारतबाट फर्कनेहरुलाई निगरानी गरे पनि नेपालबाट भारततर्फ जानेहरुको राम्ररी जाँच नगर्दा लागुऔषध ओसारपसार गर्नेहरु भारतमा पक्राउ पर्ने गरेका छन्।पहाडी जिल्लामा उत्पादन हुने लागुऔषध चरेश र अफिमलाई नेपालगञ्ज झारेर ‘पायक’ पा रेर भारततिर निकासी गर्ने गरिन्छ । त्यसका लागि बालबालिकादेखि बृद्धबृद्धासम्म प्रयोग भएको पाइएको छ। केही वर्षअघि ७० वर्षकी महिला यसरी नै चरेशसहित रुपैडिहामा पक्राउ परेकी थिइन् । उनले चरेश बोके वापत पाँच हजार पाउने आशामा पाउने भारत मा उपचार गर्न जान लागेको बताएकी थिइन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger