Latest Updates :

९० भन्दा बढी जंगली घोडा मृत फेला,

SHARE THIS POST :
 अस्ट्रेलिया उत्तरी क्षेत्रमा ९० भन्दा बढी जंगली घोडा मृत फेला परेका छन्। गत साता रेन्जरहरूले पानी सुकेको पोखरीमा यी घोडाहरू मृत अवस्थामा भेटेका थिए।अत्यधिक तातो तापक्रमका कारण यसरी घोडा मरेका हुनसक्ने अनुमान अधिकारीहरूको छ। यसअघि ४० वटा घोडा भोक र तिर्खाका कारण मरिसकेका थिए। बाँकी रहेका पनि हालसालै मरेका हुन्।अस्ट्रेलियामा पछिल्लो समय तापक्रम अत्यधिक बढेको छ। केही ठाउँमा त अहिलेसम्मकै धेरै तातो भएको अधिकारीहरूले जनाएका छन्। बिहीबार एडेलेड सहरको तापक्रम ४६.२ डिग्री सेल्सियस पुगेको थियो। सन् १९३९ पछि यहाँ यति तातो भएकै थिएन।

बढ्दो तापक्रममा धेरै जनावरहरू बाँच्न संघर्ष गरिरहेका छन्। केन्द्रीय भूमि परिषदका अनुसार अहिले मरेका घोडाहरू सबभन्दा पहिले गाउँलेले देखेका थिए।

‘म त चकित खाएँ। यस्तो मैले कहिल्यै देखेको थिइनँ,’ स्थानीय राल्फ टर्नरले भनेका छन्, ‘यस्तो हुन सक्ला भनेर मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ।’ टर्नरले घोडाका फोटा र भिडियो इन्टरनेटमा हालेका थिए।

अर्का स्थानीय रोहन स्मिथले भनेका छन्, ‘सामान्यतया त्यो पोखरीमा पानी हुन्थ्यो। त्यहाँ पानी सुकेपछि ती घोडाहरू अन्त जाने ठाउँ नै छैन।’

परिषदले अब त्यहाँ बचेका जनावरहरू जोगाउने प्रयास गरेको बताएको छ। उनीहरूले १२९ वटा घोडा, गधा र ऊँटलाई नजिकैको अर्को गाउँमा सार्ने योजना बनाएका छन्।

‘जनावर सारिएन भने बाँकी रहेका पनि पानी खान नपाएर मर्छन्,’ परिषदका निर्देशक डेभिड रसले भनेका छन्।

अस्ट्रेलियाका विभिन्न सहरको तापक्रम अधिक हुँदै जाँदा मान्छेहरूलाई पनि जोगिन भनिएको छ। बाहिर घाममा शारीरिक काम धेरै नगर्न, घरभित्रै बस्न अनुरोध गरिएको छ। विशेषगरी बिरामी, बुढापाका र केटाकेटीलाई गर्मीबाट बच्न भनिएको छ।

अस्ट्रेलियामा एकैपटक यसरी धेरै जनावरको मृत्यु भएको नौलो होइन। केही समयअघि न्यु साउथ वेल्समा सयौं मृत चमेरा फेला परेका थिए। त्यस्तै मरेका लाखौं माछा नदी किनारमा भेटिएका थिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger