Latest Updates :

दिल निशानीले दिए मुकुन्देलाई २० हजार बराबरको यार्सागुम्बा, मुकुन्दे भन्छन ‘अब बिबाह गर्छु !’

SHARE THIS POST :
सामाजिक संजालमा निकै कठोर टिप्पणी गरेर चर्चामा आइरहने रत्नपार्कका मुकुन्दे संग लेखक दिल निशानी मगरको दोश्रो पटक भेट भएको छ ।

यस अघि पनि उनीहरु बीच भेट भएको थियो । उनीहरुको त्यो भेटलाइ लिएर सामाजिक संजालमा दुवै जनालाई निकै आलोचना भएको थियो ।

चर्चित प्रस्तोता रबि लामिछानेको बिषयलाइ बेला बखत निकै कठोर आलोचना गर्ने मुकुन्दे, दिल निशानी मगर द्वारा परिचालित भनेर संजालकर्ताहरु बिरोधमा उत्रिएका थिए ।

तिनै मुकुन्दे घिमिरे संग दोश्रो भेट धरानमा भएको हो । उनीसंग बिदा मनाउन धरान गएको बेला आपसमा भलाकुसारी भएको छ ।

दिल निशानी मगरले भेट हुँदा २० हजार बराबरको यार्सागुम्बा सित्तैमा मुकुन्देलाई दिएको बताएका छन् । यार्सागुम्बा पाएपछि मुकुन्देले औषधिका रुपमा ग्रहण गर्दै भने, ‘भरसक अब मेरो बिबाह हुने हो कि ?’

यार्सागुम्बा खाएर अब बिबाह गर्ने होलानी दाइ भन्दै दिल निशानीले सोध्दा मुकुन्देले भने ‘हजुरको आसिर्बाद लागोस’ ।

उनीहरु संगै लंग ड्राइभमा हिडेका दिल निशानी मगर धरान कै एक होटेलमा संगै बसेर बियर मासु समेत खाएका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger