Latest Updates :

अर्धनग्न अवस्थामा किशोरीको शव फेला, बाबु पक्राउ, आमा फरार

SHARE THIS POST :
 अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४, बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ ।

सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा आफ्नै घरमा भेटिएपछि प्रहरीले मृतकका बाबु तुरुन्तीलाल बडहीलाई पक्राउ गरेको हो ।

सरिताको शव सोमबार राति अर्धनग्न अवस्थामा आफ्नै घरभित्र फेलापरेको जनाइएको छ ।

घरको भित्रबाट चुकुल नलागेको, शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक तथा गालामा दाँतले टोकेको जस्तो दागसमेत देखिएकाले घटना शंकास्पद लागेकाले मृतकका पिता तुरन्तीलाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

शव भित्ताछेउमा खाटमुनि लडेको र मृतकका बाबु घरबाहिर बरन्डामा सुतिरहेको तथा मृतककी आमासमेत फरार रहेकाले घटना थप रहस्यमय भएको स्थानीयवासीले आशंका गरेका छन् ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger