Latest Updates :

यसरी कागजमा पोको पारेर ५० रुपैयाँ घुस खान्छन् कर्मचारी]

SHARE THIS POST :
एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उर्भि । आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट अन्तरगत कोठा नम्बर ५ को दृष्य हो यो ।

दिउँसो १ः३५ बजे । मालपोत कार्यालको प्रतीक्षलयमा ३ जान गफिइरहेका थिए । एक युवकले भने, ‘तपाईसँग कामका लागि ४ हजार लाग्छ ।’ जग्गा नामसारी गर्न आएका ती सेवाग्राहीले भने, ‘त्यत्रो पैसा त दिन सकिन्नँ । अलि मिलाएर गर्नुस न ।’ ती युवकले भने कर्मचारीदेखि सबैलाई मिलाएर काम गराउनु पर्छ । ४ हजार त लागिहाल्छ दाइ । झण्डै १५ मिनेटको गलफत्तीपछि उनीहरुले तीन हजारमा कुरा मिलाए अन्नपूर्णपोस्टमा खबर छ ।

युवक फाइल बोकेर कार्यालयभित्र पसे। सेवाग्राही बाहिर उभिएर सँगैका साथीलाई भने, ‘एकछिनको कामलाई त्यत्रो पैसा १ भ्रष्टचारले जुलुम बनायो देशलाई।’घुस लिने नयाँ शैली अपनाएको कार्यालको भित्तामा जताततै लेखिएको छ ‘अशक्तलाई सहयोग गरौं।’ ‘नियम संगत काम आजको आजै हुन्छ।’ ‘हामी भ्रष्टचार विरोधी हौं।’ ‘आशा छ हाम्रो कामबाट यहाँहरु सन्तुष्ट हुनुहुन्छ।’ ‘मोलपोत कार्यालय तपाईं हाम्रो आफ्नै कार्यालय हो।







SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger