Latest Updates :

हे भगवान ! बाँच्नु पर्छ जे पनि देखिन्छ

SHARE THIS POST :
अमेरिकामा एक युवतीले आफूभन्दा ३० वर्ष जेठा पुरुषलाई आफ्नो मन दिएकी छन्। भेट भएको एक महिनाभित्रै उनीहरु यति नजिक भए की युवती गर्भवती नै भइन्। युवतीले एक वर्षभित्रै बच्चालाई जन्म पनि दिइन्।

उनीहरुबीचको सम्बन्ध थाहा पाएपछि युवतीको परिवारले यसको विरोध गरे। उनीहरुले युवतीलाई सम्झाउने कोशिश पनि गरे। तर उनी मानिन्। अब यो जोडी यही  वर्षको अन्तिममा विवाह गर्ने योजना बनाइरहेका छन्। यी दुवै अहिले पनि सँगै सार्वजनिक स्थानमा देखिने गर्छन्।


देख्नेले  उनीहरुलाई बुवा छोरी भन्छन्। पतिका विषयमा सबै कुरा थाहा पाएपछि पनि उनी ३० वर्ष जेठा श्रीमानसँग रमाइलो गरिरहेकी छन्।
यो स्टोरी इसाबेला सैंज (२०) र उनका श्रीमान जोसेफ कोनर (५३) को हो। यो जोडीबीच ३३ वर्षको उमेरको फरक छ। धेरै उमेर फरक भएपनि उनीहरु एक अर्कालाई धेरै माया गर्छन्।

 इसाबेलले भनिन्, ‘जब हामी कुनै  सार्वजनिक स्थानमा जान्छौं तब मानिसहरु हामीलाई बेग्लै प्रकारले हेर्छन्। मानिसहरु हामीलाई बुवा छोरी भन्ठान्छन्। कयौं पटक त हामी वास्तविकता पनि बताइ दिन्छौं भने कहिले काँही रमाइलाको लागि बुवा छोरी हौं पनि भन्दिछौं।’
इसाबेलका अनुसार ३३ वर्ष जेठो पुरुषसँग रिलेशनशिपको विषयमा थाहा पाएपछि उनका साथी र परिवारका सदस्यले धेरै विरोध गरेका थिए। तर उनी आफ्नो निर्णयमा कायम रहिन्। ‘मलाइ उहाँको उमेरसँग कुनै आपत्ति छैन,’ उनले भनिन्।

अझ रमाइलो त के भने जोसेफको पहिलो बिवाहबाट जन्मिएकी सन्तानभन्दा पनि इसाबेल १४ वर्ष कान्छी हुन्। पहिलो विवाहबाट जोसेफका चार सन्तान छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger