आगलागीको कारण भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । उखु खेतमा लागेको आगोलाई स्थानियबासी,प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट आएको बारुणयन्त्रले निभाएको थियो ।
सप्तरीको हनुमानगर उखु खेतमा आगलागी हुँदा ३ लाख मूल्य बराबरको क्षति
सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१ स्थित भारदहमा लगाइएको उखु खेतमा आज आगलागी हुँदा रु तीन लाख मूल्य बराबरको क्षति भएको छ ।सोही नगरपालिका–२ बस्ने इन्द्रेव लौगीले करीब १० कट्ठामा लगाएको उखु खेतमा अचानक आगलागी हुँदा पूर्णरुपमा उखु जलेर नष्ट भएको छ । उखुमा आगो लागेको देखेपछि स्थानीयवासी कृष्ण खड्गाले निभाउन खोज्दा उनी घाइते हुनुभएको छ । उहाँको जीउमा आगोले पोलेपछि भारदहस्थित भारदह अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्थानीयवासी इन्द्रनारायण राउतले जानकारी दिनुभयो ।

Post a Comment