Latest Updates :

३० वर्ष देखि दाम्लोमै बाँधिएकी देवीमाया : यी हुन् संसारकै अभागी आमा (भिडियो)

SHARE THIS POST :
मोरङ जिल्लाको मिक्लाजुंग गाउपलिका वडा नं. ६ कि देवीमाया महरालाई पनि एउटा सामान्य खालको डोरीले बाधेर राखिएको ३० वर्ष भन्दा बढी भइसकेको छ। उनको आमा सानुमाया महराको भनाइ अनुसार रेखदेख गर्ने मान्छेको अभाव भएकाले उनलाई सानै देखि यसरी बाधेर राखिएको हो।

सानुमायाको दुई छोरी र चार जना छोराहरु छन्। दुई छोरी मध्य देवी कान्छी छोरी हुन्। चार छोरा मध्य उनको दुइ छोरा बितिसकेका छन्। उनको एक छोरा अपांग छन् भने एकजना खेतीपातीको काम गरेर जिविकोपार्जन गरिरहेका छन्। जेठी छोरी विवाह गरेर आफ्नै घरजम गरेर बसेकी छिन्। कान्छी छोरीको सुस्त मनस्थिति देखेर उनि दुखित छिन।

सानुमायाको श्रीमानलाई मुखको क्यान्सर भएको थियो। उपचार गर्दागर्दै क्यान्सर रोगकै कारण उनको श्रीमान पनि बिते। निक्कै दुख गरेर आफ्ना सन्तान हुर्काउदै आएकी सानुमाया अहिले वृद्ध अवस्थामा पुगीसकिन। वृद्ध भए पनि जीविकोपार्जनको लागि उनी अरुको मेलापात जाने गर्छिन। काम नगरी खान पनि नपुग्ने उनको दैनिकी यति पीडादायी छ कि गार्होसाह्रो पर्दा एक गिलास तातो पानी तताएर दिने मान्छे समेत उनको परिवारमा छैन।

जन्मजात नै बोल्न नसक्ने देवीमाया मनारोगी पनि हुन्। मनारोगी भएकै कारणले होला उनलाई के तातो के चिसो के जाडो के न्यानो? , के मिठो के नमिठो? केहि थाहा छैन। बाल्यकाल अवस्थामा उपचारकै क्रममा उनकी आमाले थुप्रै चिरपरिचित धमिझाक्रिकोमा समेत लागिन्। अन्धविश्वास गढेको समाजमा बसेकी उनी यो सबबाट कसरी अछुतो रहन सक्थिन र ? उनले डाक्टरकोमा भन्दा पनि झारफुक गरेर नै निको हुन्छ भनेर धमिझाक्रिकोमा मात्र उपचार गर्न तर्फ लागिन्। बेलैमा बुद्दि पुर्याएर अस्पतालमा लगेको भए सायद अहिले देवी बोल्न पो सक्थीन् कि ? हुन त अस्पताल नलाग्नुको एक मुख्य कारण आर्थिक स्थिति पनि हो। अस्पतालको चर्को शुल्क तिर्न नसक्ने डरले उनले अहिलेसम्म देवीलाई अस्पतालमा उपचार गर्न लागेकी छैनन्। धमिझाक्रिकोमा नै लगिरहिन् तर केहि शिप लागेन। उनी बोल्न पनि सकिनन् र उनको मनोरोग पनि निको भएन।

देवी अहिले जता पनि हिड्छिन्, जे पनि खान्छिन्। आफु कहाँ जादै छु, के गर्दै छु केहि शुर छैन उनलाई। जता पनि गइदिने उनलाई कुरेर बस्न पनि कोहि नभएकोले उनको आमाले बाध्य भएर सामान्य सुर्केनो पारेर बाधेकी हुन्। कुन चाही आमालाई आफ्नो सन्तानलाई आफ्नो आखै आगाडी बाधेर राख्न मन हुन्छ र ? उनलाई कैदी झैँ बनाएर बाध्नुको कारण उनलाई रेखदेख गर्ने मान्छे नभएर नै हो। उनलाई एउटा ठुलो ढुंगाको चेपमा डोरी अल्झाएर सामान्य सुर्केनो पारेर बाधिएको छ। उमेरले ३८ वर्ष पुगे पनि उनलाई त्यो सुर्केनो कसरि फुकाउने भनेर समेत ज्ञान छैन।

दुखिलाई झन् दुख भने झैँ पोहोर सालमात्र हात्तीले उनको घर नै भत्काइदियो। त्यसपछि त उनीहरु घरबारबिहीन नै भए। अहिले सामान्य टहरो बनाएर बसेका छन् देविका आमा छोरी। घर बनाउन पुग्ने रकम नभएकोले यस्तो कठ्यान्ग्रिदो चिसोमा उनीहरु टहरोमा नै बस्न बाध्य छन्। केहि आर्थिक सहयोग आए घर बनाएर आफ्नो छोरीको उपचार गर्न पाए बृद्ध अवस्थामा एउटै भए नि शहरा हुन्थ्यो भन्ने सानुमायाको इच्छा छ।

आमा-छोरीको यो दयनीय अवस्था देख्दा कसको मन नरोला र ? कसको आखा नरसौला र ? तपाई हाम्रो धेरथोर सहयोगले कसैले सुखी जीवन पाउछ भने किन सहयोग नगर्ने? आउनुहोस् हातेमालो गर्दै एक थुकी सुकी सय थुकी नदि भने झैँ आफ्नो गक्ष अनुसार सानुमाया र उनको छोरी देवीलाई सहयोग गरौ। सहयोग गर्न चाहाने सहयोगी मनहरुले पिएनपि मिडियाको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ साथै पिएनपिखबर डट कम नामक अफिसियल पेजमा मेसेज पनि गर्न सक्नुहुन्छ।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger