Latest Updates :

२४ घण्टाभित्र आईएनजीओ लखेटेर धपाउनु पर्छ !(भिडियो हेर्नुहोस)

SHARE THIS POST :
राष्ट्रपतिले समयमै हस्तक्षेप नगरे प्रदेश नम्बर २ नेपालको लागि अभिशाप हुने र यदि बेलैमा राष्ट्रपतिले हस्तक्षेप नगर्ने हो भने प्रदेश २ नेपालका लागि सधैं दीर्घरोग हुनेछ’ भन्ने अभिव्यक्ति दीएर चर्चामा रहेका डाक्टर राजेश अहिराजसंग उक्त पछिल्लो अभिव्यक्ति बारेको विवाद र प्रदेश २ नेपालका लागि दीर्घरोग बन्ने टिप्पणी गरेका ।

प्रदेश नम्बर २ मा राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने कारणबारे ? प्रदेशका मन्त्री र मुख्यमन्त्रीको भुमिकाबारे ? मन्त्री र कर्मचारीबीच विश्वासको वातावरण नबन्नुका कारणबारे ? प्रदेश नम्बर २ र नेपालमा संघीयताको भविष्यबारे ? समसामयिक राजनीति, पत्रकारिता, नेपाली समाजबारे बिश्लेषण गर्दै टीकाराम यात्रीसंग तमसोमा ज्योतिर्गमय डाक्टर अहिराजले आफ्नु खरो विचार राखेका छन् ।

“विद्वानले कि अधिक्तम ब्रह्माण्डको बारेमा सोच्छ र न्युनतम देशको बारेमा सोच्छ”

बिदेशी शक्तिले तराईमा जातियतालाई लगानी गरको छ पहाडमा धार्मिकतामा लगानी गरेकोछ जसको लागि यहाँ बिभिन्न आइएनजीओ र एन्जियो कार्यरत रहेको बताउदै नेपालको बिकाश गर्न र नेपाललाई बचाउन यी एनजीओ र आइएनजिओलाई खेदाउनु पर्ने कडा बिचार व्यक्त । उनै अहिराजले केहि दिन अघि दिएको विवादास्पद भनाई यस्तो थियो :- रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम ‘मूलप्रवाह’ सँग कुराकानी गर्दै अहिराजले ‘राष्ट्रपतिले समयमै हस्तक्षेप नगरे प्रदेश नम्बर २ नेपालको लागि अभिशाप हुने’ चेतावनी दिए। ‘यदि बेलैमा राष्ट्रपतिले हस्तक्षेप नगर्ने हो भने प्रदेश २ नेपालका लागि सधैं दीर्घरोग हुनेछ’, उनले भने।

अहिराजले मधेसमा सञ्चार माध्यममा आएका भन्दा पनि दशौँ गुणा बढी भ्रष्टाचार प्रदेशमा भएको दावी गरे। ‘बन्दै नबनेको पुल बनिसक्यो भन्ने, बन्दै नबनेको इनार बनिसक्यो भन्ने, रोप्दै नरोपेको रुखको वृक्षारोपण गरेको भनेर बजेट निकासा गर्ने लयायत थुप्रै भ्रष्टाचार भएका छन्। प्रदेशका मन्त्रीहरूले कानुन हात लिँदा पनि मुख्यमन्त्री लालबाबु राउतले हस्तक्षेप नगरेको अहिराजले बताए। आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्दा समेत मुख्यमन्त्री राउत चुप बसेको उनको आरोप छ। समयमै हस्तक्षेप सुरु नहुने हो भने मधेसमा नयाँ प्रकरण सुरु हुने चेतावनी उनले दिए।

‘आज मन्त्रीले कर्मचारी पिट्छन, भोलि कुनै मन्त्रीले पत्रकार कुटछन्’, मन्त्री र कर्मचारीबीच विश्वासको वातावरण नबनेकाले कानुन हातमा लिने परिपाटी सुरु भएको उनको तर्क छ। यादवले उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्दा समेत मुख्यमन्त्री राउत चुप बसेको उनको आरोप छ। समयमै हस्तक्षेप सुरु नहुने हो भने मधेसमा नयाँ प्रकरण सुरु हुने चेतावनी उनले दिए। ‘आज मन्त्रीले कर्मचारी पिट्छन, भोलि कुनै मन्त्रीले पत्रकार कुटछन्’, मन्त्री र कर्मचारीबीच विश्वासको वातावरण नबनेकाले कानुन हातमा लिने परिपाटी सुरु भएको उनको तर्क छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger